स्वयमसेवक आवश्यकतासम्बन्धी सूचना

पहिलो पटक प्रकाशित मिति: २०७८।०७।२३ गते

वेयरफुट लयर्स नेपाल (बीएल नेपाल) सामाजिक कानूनी अध्ययन अनुसन्धान, भूइँस्तरमा रहेका दलित महिला तथा अन्य सिमान्तकृत समुदायको सवालको उठान गर्ने तथा उनीहरुको हक अधिकारकों लागि वकालत पैरवी गर्ने एक गैरनाफामूलक कम्पनी सामाजिक संस्था हो।

स्थानीय (भूइँ) स्तरमा रहेका सामाजिक तथा कानून मुद्दा सवालको पहिचान गर्न तथा सो मुद्दाको समाधानको पहल गर्नको लागि यस कार्यालयको लागि स्वमसेवक (Barefoot Volunteer) आवश्यक रहेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशन भएको मितिले ७ (पाँच) दिन भित्र (२०७८ कार्तिक ३० गते सम्म) उल्लेखित इमेल ठेगानामा आवेदन दिन हुन यो सूचना प्रकाशन गरिएको छ।

संख्या : २ (एक) जना

कार्यस्थल: १- बारा पर्सा (बिरगञ्ज)

२- बिराटनगर

न्युनतम योग्यता :

  • १०+२ उत्तीर्ण
  • कम्प्युटर सम्बन्धी आधारभूत जानकारी रहेको।
  • कानून अध्ययन गरिरहेका तथा आफ्नै मोटरसाइकल भएका व्यक्तिलाइ ग्राहयता दिनेछ।

प्रमुख जिम्मेवारीहरु:

  • सस्था उद्देश्यबमोजिम स्थानीयस्तरमा रहेका दलित, महिला, मधेशी लगायतका अल्पसंख्यक तथा सिमान्तकृत समुदायको मुद्दाहरु सवालहरु पहिचान गर्ने,
  • मानवअधिकार उल्लंघनका घटनाहरुको अनुगमन तथा दस्तावेजीकरण गर्ने,
  • सामाजिक अपराधका घटनाहरुको जाहेरी दरखास्त जस्ता सामान्य निवेदनहरु लेखनमा सहयोग गर्ने तथा दर्ता गराउन पहल गर्ने,
  • संस्थाको आवश्यकताअनुसार कार्यालयको अन्य दैनिक कार्य गर्ने ।

सेवा सुविधा: संस्थाको नियमअनुसार

अवधि: १ बर्ष (कार्य प्रगति अनुसार अवधि थप्न सक्ने)

आवश्यक कागजातहरु

  • निवेदन
  • बायोडाटा

उपरोक्त कागजातहरु इमेल ठेगाना barefootlawyersnepal@gmail.com मा पठाउनु होला ।

नोट: Short Listing भइसकेको आवेदकलाइ हामीले लिखित तथा मौखिक परीक्षाको लागि सुचित गर्नेछौँ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *