नागरिकता नभएर पनि लोक सेवा आयोगको परिक्षार्थी बन्न सफल

वेयरफुट लयर्स नेपाल (BAREFOOT LAWYERS NEPAL) संस्थाको कानुनी सहयोगमा धनुषा जिल्ला मिथिला नगरपालिका–०५ घर भएका असर्फी महतोको छोरा बर्ष २३ को मिथलेश कुमार महतो नागरिकता विना नै लोकसेवा आयोगवाट लिइने परीक्षामा समावेश हुन पाउने भएका छन् ।
उहाँको बुबाको जन्मसिद्घ र अमाको वंशज नागरिकता छ । बुबाको जन्मसिद्घ नागरिकता भएकै कारण उहाँको नागरिकता बन्न सकेको छैन । उहाँले सम्मानित सर्बोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो ।
उक्त रिटमा सुनुवाई गर्दै सम्मानित सर्बोच्च अदालतले नागरिकताको प्रमाण–पत्र नभएकै कारणले लोक सेवा आयोगद्घारा लिइने परिक्षाहरुमा सहभागी हुन बन्चित नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरिदिएको छ । सोही अन्तरिम आदेशको आधारमा उहाँ लोक सेवा आयोगवाट लिइने प्रतिस्पर्धात्मक परिक्षाको परिक्षार्थी बन्न सफल हुनुभएको छ ।
सम्मानित सर्बोच्च अदालतको अन्तिम फैसला भएपश्चात् उहाँले नागरिकता पनि बनाउन सक्नुहुनेछ । मिथिलेशले कानुनी रुपमा न्याय खोज्न सल्लाह, सुझाव दिनुहुने सम्पूर्ण शिक्षक, साथी, अधिकारकर्मीहरुलाई धन्यवाद दिएका छन्। 
वेयरफुट लयर्स नेपाल (BAREFOOT LAWYERS NEPAL) संस्थाका अधिवक्ता तथा मानवअधिकारकर्मी रक्षारामज्यूलाई धन्यवाद दिएका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *