देवानी मस्यौदा लेखन” (Civil Drafting) तालिम सम्बन्धी अत्यन्त जरुरी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८२/११/०१

यस वेयरफुट लयर्स नेपाल (Barefoot Lawyers Nepal) द्वारा यस क्षेत्रमा कार्यरत नवोदित कानून व्यवसायीहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यले १ दिने नि:शुल्क देवानी मस्यौदा लेखन” (Civil Drafting) आधारभूत तालिम आयोजना गर्न लागिएको सहर्ष जानकारी गराउद्छौँ।

तालिमको विवरण:

  • विषय: देवानी मस्यौदा लेखन आधारभूत तालिम (Basic Civil Drafting Training)
  • मिति: २०८२ साल फाल्गुन १६ गते
  • स्थान: भैरहवा (निश्चित स्थान छनौट भएका सहभागीहरूलाई पछि जानकारी गराइनेछ)
  • समय: बिहान १०:०० बजे देखि बेलुका ४:०० बजेसम्म
  • शुल्क: पूर्ण रूपमा नि:शुल्क

सहभागिता सम्बन्धी नियमहरू:

१. लक्षित समूह: नयाँ तथा नवोदित कानून व्यवसायीहरूका लागि मात्र केन्द्रित रहनेछ।

२. छनौट प्रक्रिया: सिट संख्या सीमित भएकाले पहिले आउनेलाई प्राथमिकता” (First Come, First Served) को आधारमा सहभागीहरूको छनौट गरिनेछ।

३. दर्ता: २०८२ फाल्गुन १२ गतेसम्म।

आवेदनका लागि:

  • https://forms.gle/n8LowwnkwndRFYgY9
  • रक्षा ल एशोसियटसको कार्यालय (रुपन्देही जिल्ला अदालतको गेटको पश्चिम)मा समेत फर्म सक्नुहुन्छ।

 

कार्यकारी निर्देशक

Leave a Comment

Your email address will not be published. Required fields are marked *